राष्ट्रियसभा निर्वाचनको आचारसंहिता आजदेखि लागू

Newslaya Home

राष्ट्रियसभा निर्वाचनको आचारसंहिता आजदेखि लागू

आइतबार २७, पुष २०७६

काठमाडौं । माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आइतबारदेखि निर्वाचन आचारसंहिता लागू गरिएको छ ।

निर्वाचनमा स्वच्छता, निष्यपक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्न आजदेखि आचारसंहिता लागू गरिएको हो ।

सरकार र मन्त्री, प्रदेश सरकार, स्थानीय तह, सरकारी, सार्वजनिक संस्थाका कर्मचारी, निर्वाचनमा संलग्न कर्मचारी, सरकारी तथा निजी सञ्चार माध्यम, गैर सरकारी संस्था, सरकारी अनुदानमा सञ्चालित विद्यालय तथा विश्वविद्यालयका शिक्षकलाई पनि आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार आचारसंहिता लागू भए पछि सरकार र सरकारका प्रतिनिधि चुनाव प्रचारमा सहभागी हुन पाउने छैनन् ।