कपिलबस्तुमा बस दुर्घटना हुँदा एक भारतीयको मृत्यु, २५ जना घाइते

Newslaya Home

कपिलबस्तुमा बस दुर्घटना हुँदा एक भारतीयको मृत्यु, २५ जना घाइते

आइतबार २७, पुष २०७६

कपिलबस्तु । कपिलबस्तु नगरपालिका–८ दोहनीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

तौलिहवाबाट भैरहवा जाँदै गरेको लु १ ख ६८१३ नम्बरको बस दुर्घटना हुँदा भारतको खुुनुवा करहियाका ३५ वर्षीय परमात्मा पान्डेयको मृत्यु भएको हो ।

२६ जना सवार रहेको बस दुर्घटना हुँदा घाइते बनेका मध्ये पान्डेयको उपचारका क्रममा मृत्यु भएको छ भने अन्य घाइते २५ जनाको तौलिहवा अस्पातलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ ।