अमेरिकामा आँधीका कारण ११ जनाको मृत्यु

Newslaya Home

अमेरिकामा आँधीका कारण ११ जनाको मृत्यु

आइतबार २७, पुष २०७६

एजेन्सी । दक्षिणी अमेरिकाको टेक्सासको लुब्बुकमा आएको शाक्तिशाली आँधीका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

शनिबार लुब्बुकमा आएको आँधीले तेज हावा र ठूलो वर्षा निम्त्याएपछि एक जना प्रहरी र एक जना उद्धारकर्ताको समेत ज्यान गएको जनाइएको छ ।

अलाबामा, लुइजियाना र टेक्सस राज्यमा मृत्युका घटना भएको विवरण आएको अधिकारीहरूले जानकारी दिएका छन् । आँधीका कारण केही घरहरू ध्वस्त भएका छन् भने कतिपय सडक डुबानमा परेका छन् ।

अलाबामा सबैभन्दा जोखिममा रहेको छ भने मध्यपश्चिमी क्षेत्रमा हिमपात हुने अनुमान गरिएको छ ।
शिकागोका प्रमुख दुई विमानस्थलमा शनिवार सयौँ उडान रद्द गरिएका छन् । विद्युत्‌ आपूर्ति समेत अवरुद्ध हुँदा दशौँ हजार मानिस प्रभावित भएको बताइएको छ ।