ननुहाउने र दाँत नमाझ्ने श्रीमानविरुद्ध पत्नीको उजुरी

Newslaya Home

ननुहाउने र दाँत नमाझ्ने श्रीमानविरुद्ध पत्नीको उजुरी

आइतबार २७, पुष २०७६

एजेन्सी । भारतको बिहार स्थित एक महिलाले ननुहाउने र दाँत नमाझ्ने श्रीमानविरुद्ध उजुरी दिएकी। छिन् ।

राज्यको वैशाली जिल्ला नयाँगाँवमा बस्ने सोनी देवीले पति ननुहाउने, दाँत नमाझेने अनि दाह्री नकाट्ने फोहरी किसिमको मानिस भएकाले हैरान भएर महिला आयोगसमक्ष अनौठो उजुरी दर्ता गराएकी हुन् ।

सोनीको विवाह सन् २०१७ मा प्लम्बर समेत रहेका मनीष रामसँग भएको थियो । सोनीले आफ्नो पतिको बानीबेहोरा पनि ठीक नभएकाले उनीसँग बस्न नसक्ने बताए पनि आयोगले पति र पत्नी दुवैलाई बोलाएर सम्झाइबुझाई पठाएको छ ।

सोनीले उजुरी गरेपछि महिला आयोगले पति मनीष रामलाई बानी नसुधारेमा उचित कारवाही गरिने शर्तमा बानी सुधार्न दुई महिनाको समय दिएको छ ।

माइतले दाइजो दिएको सामान पनि फिर्ता लिन उनले चाहेकी महिलाले भने पतिबाट मुक्ति दिलाउन अनुरोध गरेकी छन् ।
सोनीले महिला आयोगसमक्ष भनिन्, ‘पतिको शरीरबाट दुर्गन्ध आउँछ किनकि ऊ दाँत माझ्दैन र साबुन लगाएर नुहाउँदैन । अनि पतिका रूपमा उसको व्यवहार पनि राम्रो छैन ।’

आयोगले सुध्रिनका लागि दुई महिनाको समय दिएपछि मनीषले पत्नीको विश्वास जित्नका लागि कोशिष गर्ने बताएका छन् ।