इरानमा बेलायती राजदूत पक्राउ

Newslaya Home

इरानमा बेलायती राजदूत पक्राउ

आइतबार २७, पुष २०७६

एजेन्सी । इरानका लागि बेलायती राजदूत रब मकेयरलाई पक्राउ गरिएको छ ।

राजदूत मकेयरले सरकार विरोधी प्रदर्शनकारीलाई भड्काएको आरोपमा पक्रँउ गरिएको इरानी सञ्चारमाध्यमले जनाएको छ ।

राजदूत मकेयरलाई तीन घण्टा नियन्त्रणमा लिइएको भन्दै बेलायतका विदेशमन्त्री डोमिनिक राबले कुनै कारणबिना पक्राउ गर्नु अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन भएको बताए ।

युक्रेनी यात्रुवाहक विमानलाई भुलवश खसालिएको इरानी अधिकारीले स्वीकार गरेपछि तेहरानमा भएको सरकार विरोधी प्रदर्शनका क्रममा बेलायती राजदूत पक्राउ परेका बीबीसीले जनाएको छ ।