यौन धन्दा चलाएको आरोपमा होटल सञ्चालिकासहित तीन जना पक्राउ

Newslaya Home

यौन धन्दा चलाएको आरोपमा होटल सञ्चालिकासहित तीन जना पक्राउ

आइतबार २७, पुष २०७६

धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ बाट एक होटल सञ्चालिकासहित तीन जनालाई पक्राउ गरिएको छ ।

शनिबार राति प्रहरीले पेपरमिल रोडमा सरञ्चालन गरिएको सुविधा गेष्ट हाउसमा छापा मार्दा १ महिला र १ पुरुष अनैतिक क्रियाकलापमा संलग्न रहेको भेटिए पछि पक्राउ गरिएको हो ।

महिलाहरुलाई प्रलोभनमा पारी जबर्जस्ती यौन व्यसायमा लगाउने गेष्ट हाउसकी सन्चालक धनुषा क्षिरेश्वरनाथ नगरपालिका–६ की २६ कि रिता चौधरीलाई समेत पक्राउ गरिएको प्रहरी प्रहरीले जनाएको छ ।

पक्राउमा परेका तीनै जनाविरुद्ध मानव वेचबिखन तथा ओसारपोसार (नियन्त्रण) ऐन २०६४ अन्तर्गत मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।