उदयपुरकी बेपत्ता महिला मृत अवस्थामा फेला

Newslaya Home

उदयपुरकी बेपत्ता महिला मृत अवस्थामा फेला

आइतबार २७, पुष २०७६

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित बरुवा खोलाको दोभानमा एक महिलाको शव फेला परेको छ ।

शनिबार बिहान माछा मार्न भनी बरुवा खोलामा गएकी ४० वर्षीय सुन्तली बोट आज बिहान मृत अवस्थामा फेला परेकी हुन् ।

बेलुका सम्म पनि फर्केर नआएपछी खोजतलास गर्ने क्रममा आज बिहान बरुवा खोलाको दोभानमा मृत अवस्थामा फेला पारिएको जनाइएको छ । घटनास्थलमा जिल्ला प्रहरीको टोली पुगेर कानूनी प्रकृया तथा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।