खनार रेडक्रसलाई भिम पौडेलको एम्बुलेन्स उपहार

Newslaya Home

खनार रेडक्रसलाई भिम पौडेलको एम्बुलेन्स उपहार

आइतबार २७, पुष २०७६

सुनसरी । सुनसरीको खनार स्थित रेडक्रस सोसाईटीलाई एम्बुलेन्स उपहार दिइएको छ ।

रेडक्रस सोसाईटी खनारको साधरणसभामा उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेलले एम्बुलेन्स उपहार दिएका हुन् ।

उद्योग बाणिज्य संघ इटहरीमा चुनाव जिते सँगै अध्यक्ष पौडेलले एम्बुलेन्स वितरण गर्न थालेका हुन । उनले केहि महिना अगाडी मात्र पनि रेडक्रस तरहरालाई एक थान एम्बुलेन्स वितरण गरिसकेका छन ।