प्रहरीका एक हवल्दारले आफ्नै टाउकोमा गोली ठोके

Newslaya Home

प्रहरीका एक हवल्दारले आफ्नै टाउकोमा गोली ठोके

आइतबार २७, पुष २०७६

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–७ स्थित एक प्रहरी हवल्दारले आफ्नै टाउकोमा गोली ठोकेका छन् ।

आइतबार इलाका प्रहरी कार्यालय दल्लीमा कार्यरत प्रहरी हबल्दार बाजुरा जिल्ला घर भएका ३५ वर्षीय भोजबहादुर कठायतको मृत्यु भएको हो ।

चारमहिनादेखि सो कार्यालयमा कार्यरत कठायतले आफैलाई कन्चटमा गोली हान्दा मृत्युभएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।
उक्त घटनाका बारेमा छानविन गर्न टोली परिचालन गरिएको छ ।