जनता माविका २६० विद्यार्थीलाई कपडा वितरण

Newslaya Home

जनता माविका २६० विद्यार्थीलाई कपडा वितरण

आइतबार २७, पुष २०७६

इटहरी । सुनसरीको इटहरीमा रहेको जनता माध्यमिक बिद्यालयलका करिब २६० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।

इटहरीमा परिवर्तनका लागी आशा नेपालको सहयोग तथा होप धरानको संयोजनमा बिद्यालयमा रहेका कक्षा एक देखि ५ सम्माका विपन्न बर्गका बिद्यार्थीहरुलाई लक्षित गर्दै न्यानो ट्रयाकसुट वितरण गरिएको हो ।

न्यानो कपडा नहुदा बिरामी हुने , स्कुल नआउने समस्या हुने तथा चिसो मौसमका कारण कोहि समस्यामा नपरुन भन्ने उद्धेश्यले आवश्यक ट्रयाक सुट विद्यालयका प्रधानध्यापक छत्रपती ढुंगेल र विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष काशीनाथ दंगाललाई हस्तान्तरण गरिएको परिवर्तनको आशा नेपालका अध्यक्ष विकास लम्सालले बताए ।

विभिन्न समयमा यो संस्थाले तालीम दिने, स्वाथ्य शिविर सञ्चालन गर्ने लगायतको काम गर्ने गरेको छ । न्यानो कपडा हस्तातरण गर्दै आशा नेपालले आगामी दिनमा पनि यस्तो सहयोग गर्ने बताइएको छ ।