गोरखाका पृथ्वीनारायणलाई गोरखाकै बाबुरामको यस्तो चुनौति

Newslaya Home

गोरखाका पृथ्वीनारायणलाई गोरखाकै बाबुरामको यस्तो चुनौति

आइतबार २७, पुष २०७६

काठमाडौं । आइतबार (आज) नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको जन्मयन्ती तथा एकता दिवस मनाइँदै छ। पृथ्वी जयन्तीकै दिन एकीकरणको विषयमा उनको प्रशंसा र विरोधसहितका टिप्पणी भइरहेका छन् ।

यही सन्दर्भमा समाजवादी नेपालका संघीय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले शाहलाई देवत्वकरण र दानवीकरण दुबै गर्न नहुने बताएका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा बाबुरामले ‘प्रत्येक पुस २७ आउँदा पृथ्वीनारायण शाहलाई एकथरिले देवत्वकरण र अर्काथरिले दानवीकरण गर्ने लिगलिगे दौड हुनु शोभनीय भएन। कसैको पनि मूल्याँकन ऐतिहासिक सापेक्षतामा गरिनुपर्छ। १८औं शताब्दीको चेतनामा उनले ग़रीब गोरखा राज्यविस्तार गरेका हुन् जुन प्रकारान्तरले वर्तमान नेपालराज्य बन्न पुग्यो’ भनेका छन् ।

नेपाल एकतामा पृथ्वीनारायणको योगदा राम्रो भएको उल्लेख गर्दै उनले यसलाई सम्झनामै सीमित राख्नु उचित भएको र धेरै धुपबत्ती गरिरहनु उचित नहुने बताएका छन्।