लेटाङकी एक युवतीको कुवेतमा मृत्यु

Newslaya Home

लेटाङकी एक युवतीको कुवेतमा मृत्यु

आइतबार २७, पुष २०७६

काठमाडौं । कुवेतमा घरेलु कामदारका रुपमा कार्यरत एक युवतीको मृत्यु भएको छ ।

नेपाल फर्कने तयारीमा रहेकी मोरङको लेटाङकी कुमारी राजवंशीको बिहीवार बिहान उपचारको क्रममा मृत्यु भएको हो ।

गत नोभेम्बर ५ तारिखमा एक्कासी बेहोस भएकी उनलाई तत्कालै स्थानीय फर्वानिया अस्पतालमा पुर्‍याइएको थियो । उनको चेकजाँच गर्दा मृगौला, पिसाब र छातीमा समस्या देखिएपछि आइसीयु कक्षमा उपचार भइरहेको बेला मृत्यु भएको बताइएको छ ।

सुरुमा हाउसमेडमा आएकी कुमारी पछिल्लो समय गैरकानुनी रुपमा अन्यत्र काम गर्थिन् । अवैधानिक भएकोले डिपोर्टेशन मार्फत घर फर्कन आप्रवासी सेल्टरमै भएको बेला उनी बेहोस भएकी थिइन् ।