इटहरीका एक युवाको तमोर नदिमा लडेर मृत्यु

Newslaya Home

इटहरीका एक युवाको तमोर नदिमा लडेर मृत्यु

आइतबार २७, पुष २०७६

धनकुटा । धनकुटा नगरपालिका–९ मुलघाट स्थित तमोर नदिमा लडेर एक जनाको मृत्यु भएको छ ।

शनिबार राति तेह्रथुम जिल्लाको तिनजुरे भन्ने स्थानमा हिउ खेलेर को ३५ प ४१०१ नम्बरको मोटरसाईकलबाट फर्कने क्रममा इटहरी–१ आपगाछी घर भएका ३३ वर्षीय राजन चौधरीको तमोर नदिमा लडेर मृत्यु भएको हो ।

मुलघाट पुलमा आएपछी चालक अञ्जिल मगरले मोटरसाइकल रोके पछी राजन चौधरी तमोर नदिमा लडेका थिए । घटनाबारे प्रहरी चौकी मुलघाटमा जानकारी गराउनासाथ खटिएको प्रहरी टोलीले नदिबाट राजनको शबलाई निकालेको थियो ।

कानुनि प्रकृया तथा अन्य अनुसन्धानको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरीको टोलीले खटिएको मोटरसाईकल चालक मगरलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जनाइएको छ ।