झापाबाट अवैध लागुऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ

Newslaya Home

झापाबाट अवैध लागुऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ

आइतबार २७, पुष २०७६

झापा । झापाको बिर्तामोड नगरपालिका–१ पश्चिम बसपार्कबाट लागुऔषध सहित दुई जनालाई पक्राउ गरिएको छ ।

१० ग्राम नियन्त्रीत लागुऔषध ब्राउन सुगर सहित दमक नगरपालिका(३ का ३५ बर्षीय सनबिर तामाङ र फिदिम नगरपालिका(२ की २० बर्षीया अन्जना ढुङगानालाई पक्राउ गरिएको हो ।

दुवैजनालाई बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।