खोलाको दहमा डुबेर एक जनाको मृत्यु

Newslaya Home

खोलाको दहमा डुबेर एक जनाको मृत्यु

आइतबार २७, पुष २०७६

ओखलढुङगा । ओखलढुङगाको चिसंखुगढी गाउँपालिका–४ नवलपुर स्थित खोलाको दहमा डुबेर एक जनाको मृत्यु भएको छ ।

शनिबार साँझ मिलबाट घर तर्फ फर्कने क्रममा छांगे खोलाको दहमा डुबेर स्थानीय ६९ वर्षीय जसधन राईको मृत्यु भएको हो ।

राईलाई दहमा डुबिरहेको अवस्थामा स्थानीयले देखेपछी प्रहरीलाई खबर गरेका थिए । घटनाबारेमा जानकारी पाउनासाथ घटनास्थल सुरक्षार्थ बिमानस्थल सुरक्षागार्ड रुम्जाटारबाट प्रहरीको टोली पुगेर कानूनी प्रकृया गरिएको साथै जिल्ला प्रहरी कार्यालय ओखलढुङगाबाट प्रहरीको टोली पुगेर थप अनुसन्धान भईरहेको जनाइएको छ ।