इटहरीमा पृथ्वी आकर्षण, जयन्ती भव्य रुपले मनाइदै (फोटोफिचरसहित)

Newslaya Home

इटहरीमा पृथ्वी आकर्षण, जयन्ती भव्य रुपले मनाइदै (फोटोफिचरसहित)

आइतबार २७, पुष २०७६

इटहरी । इटहरीमा पुर्वराजा पृथ्वीनारायण शाहको जन्मजयन्ती भव्य कार्यक्रम आयोजना गरी मनाईँदै छ । नेपाल एकीकरण गर्ने शाहप्रति सम्मान गर्दै पृथ्वी जयन्ती मनाइएको हो । पृथ्वी जयन्ती मनाउन बनाइएको समितिले इटहरी चोकमा र्यालीपछि कार्यक्रम गर्दैछ ।

र्यालीमा पृथ्वी नारायण शाहको भेषभुषामा स्थानीय दिनेश कोइरालालाई सहभागि गराइएको थियो । कार्यक्रममा सहभागिहरुले उनीसँग फोटो खिँचाएका थिए । अघिल्ला वर्षहरुसम्म कोठाभित्र आयोजना गर्ने गरिएको पृथ्वी जयन्ती यो वर्ष भने खुला सडकमा गरिएको छ । कार्यक्रममा इटहरीवासीको बाक्लो उपस्थिती रहेको छ ।

कार्यक्रममा नेपाली सेनाका पुर्व प्रमुख रुक्मांगद कट्वाल, पुर्व भूमीसुधार मन्त्री रामकुमार सुब्बालगायतको उपस्थिती छ । कार्यक्रममा नेपाली सेनालेसमेत सहभागिता जनाएको छ ।