मोरङमा ट्याक्टर र अटो ठोक्किदा एक जनाको मृत्यु

Newslaya Home

मोरङमा ट्याक्टर र अटो ठोक्किदा एक जनाको मृत्यु

आइतबार २७, पुष २०७६

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका–६ नर्सरी डाँडा स्थित ट्याक्टर र अटो ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

शनिबार राति नर्सरी डाँडा स्थित भित्री सडक खण्डमा पश्चिमबाट पूर्व तर्फ जादै गरेको को १ ह ४३११ नम्बरको अटोले सोही स्थानमा रोकी राखेको को २ त २९३० नम्बरको मिनि ट्रयाक्टर लाई पछाडीबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका स्थानीय अटो चालक २२ वर्षीय रेवत परीयार र अटोमा सवार कानेपोखरी गाउँपालिका–३ हर्कपुरका ७६ वर्षीय पुर्ण बहादुर परीयार गम्भीर घाईते भएपछि उपचारको लागी नोबेल अस्पताल बिराटनगर लगिएको थियो ।

घाइते उनीहरुको उपचारकै क्रममा पुर्ण बहादुर परीयारको भने मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।