१६ दिनदेखि बेपत्ता सप्तरीका एक व्यावसायी मृत फेला

Newslaya Home

१६ दिनदेखि बेपत्ता सप्तरीका एक व्यावसायी मृत फेला

आइतबार २७, पुष २०७६

राजविराज । सप्तरी राजगढ–३ का एक कुखुरा व्यावसायी मृत फेला परेका छन् । नर्घोस्थित रत्नसागर सार्वजनिक पोखरीमा सोह्र दिनदेखि बेपत्ता ४५ वर्षीय सुर्यनारायण मण्डल मृत फेला परेको सप्तरी प्रहरीले जनाएको छ।

घरदेखि साढे एक किलोमिटरको दुरीमा रहेको रत्नसागर पोखरीको डिलमा सञ्चालन गरेको कुखुरा फारमको रेखदेख गर्दै उनी फारममै बस्दै आएका थिए। मण्डल १६ दिनअघि उधारो दिएको रकम उठाउन जान्छु भनी हिंडेको मृतकको परिवारले जनाएको छ ।

मृत्यु शंकास्पद भएपछि शवको पोष्टमार्टम राजविराजमा नगरी धरान पठाइएको र आज पोष्टमार्टम हुने प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार मृत्यु भएको मिति तथा डुबेर वा अन्य कारणले मृत्यु भएको यकिन गर्न शव धरान पठाइएको हो।