इटहरीमा बस र हायस ठोक्किँदा दुई जना घाइते

Newslaya Home

इटहरीमा बस र हायस ठोक्किँदा दुई जना घाइते

आइतबार २७, पुष २०७६

इटहरी । सुनसरीको इटहरी–१७ स्थित कान्छीचोकमा बस र हायस गाडी ठोक्ँिदा दुई जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिम तर्फ आउदै गरेको १ ख ४१८४ नम्बरको बस बाटो क्रस गर्ने क्रममा सोही दिसाबाट आउँदै गरेको प्रदेश ३ को बा २२९७ नम्बरको हायसलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

बसबाट ठक्कर खाएको हायसले को १ ह १६९५ नम्बरको सफारी र को १ ह ४२०५ नम्बरको सफारीलाई ठक्कर दिन पुग्दा इटहरी ९ का अमित डागी र इटहरी ७ का विजय चौधरी घाईते भएका छन् भने अन्य मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।