छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

Newslaya Home

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

आइतबार २७, पुष २०७६

विराटनगर । १ नम्बर प्रदेशका छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

झापाको मेचीनगर नगरपालिका–७ ईटाभट्टा चोक छेउमा पश्चिम बाट पुर्ब तर्फ आउँदै गरेको मे ४ प ९३१३ नंबरको मोटरसाईकललाई भारतीय नम्बर प्लेटको ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाईकल चालक बाराका ४० बर्षीय रामप्रसाद यादबको घटनास्थल मै मृत्यु भएको हो । ठक्कर दिने ट्रक र ट्रक चालक भारतको मधुबनीका नरेश कुमार यादबलाई ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको छ ।

यसैगरी झापाको दमक नगरपालिका–४ कृष्णमन्दिर अगाडी पूर्वबाट पस्चिम तर्फ जादै गरेको मे १ क ६४९ नम्बरको टिपरले ठक्कर दिँदा एकजनाको ज्यान गएको छ । स्थानीय बर्ष ६९ की तुलसा गौतमलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

ठक्कर दिने टिपर, टिपर चालक मोरङको मिक्लाजुङ गाउँपालिका ९ का कृष्ण बहादुर श्रेष्ठलाई इलाका प्रहरी कार्यालय उर्लावारीले नियन्त्रणमा लिएको छ ।