राखेकै ठाउँमा बसमा आगजनी

Newslaya Home

राखेकै ठाउँमा बसमा आगजनी

आइतबार २७, पुष २०७६

धरान । धरानमा यात्रुवहाक बसमा आगजनी भएको छ । शनिबार राती राखेकै ठाउँमा माधवप्रसाद घिमिरेको को १ ख ४८७६ नम्बरको सागुरी बसमा आगो लागेको हो ।

धरान–१३ स्थित खाली ठाउँमा राखिएको गाडीमा राती ११ बजे आगो लागेको थियो । आगोले बसमा सामान्य क्षति पुगेको छ । के भएर आगो लागेको भन्ने विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।