अमेरिकामा हिउँ, असिनासँगै आएको हुरीमा परी १० जनाको मृत्यु

Newslaya Home

अमेरिकामा हिउँ, असिनासँगै आएको हुरीमा परी १० जनाको मृत्यु

आइतबार २७, पुष २०७६

अमेरिकामा हिउँ, असिनासँगै आएको हुरीमा परी १० जनाको मृत्युकाठमाण्डौ । अमेरिकामा हिउँ, असिनासँगै आएको हुरीका कारण १० जनाको मृत्यु भएको छ । शुक्रबार र शनिबार टेक्सासदेखि मिसिगनसम्म आएको विन्टर स्ट्रोमले झन्डै १ हजार बढी उडान रद्द भएको जनाइएको छ ।

हुरीले केही घर भत्काएको छ भने रूखहरू ढलेका छन्। सडकमा हिउँ जमेकाले पनि मानिसहरू दुर्घटनामा परेका छन्। टेक्सासमा सडक दुर्घटनाको अनुसन्धान गरिरहेका एक जना प्रहरी अधिकारी र अग्निनियन्त्रकको हिउँमा चिप्लिएको कारले ठक्कर दिँदा मृत्यु भएको छ।

हुरी र हिउँले क्षति पुर्‍याएपछि केही राज्यमा बिजुली अवरूद्ध भएको छ।