नेपाल भ्रमणबारे अष्ट्रेलियाको चेतावनी, ‘नेपालमा संक्रामक रोगको डर’

Newslaya Home

नेपाल भ्रमणबारे अष्ट्रेलियाको चेतावनी, ‘नेपालमा संक्रामक रोगको डर’

आइतबार २७, पुष २०७६

काठमाडौं । अस्ट्रेलियाले नेपाल घुम्न आउने आफ्ना नागरिकलाई नेपाल बसाइ अवधिभर सतर्क रहन आग्रह गरेको छ । नेपालले ‘भ्रमण वर्ष २०२०’ गर्नु केही दिनअघि जारी गरिएको ‘ट्राभल एडभाइजरी’मा आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

अस्ट्रेलियाको विदेश मन्त्रालय अन्तर्गतको ‘स्मार्टट्राभलर डट जिओजभी डट एयू’ले गत ९ डिसेम्बरमा उक्त एडभाइजरी जारी गरेको थियो जुन आउँदो ५\६ महिनासम्म कायम हुनेछ ।

उक्त ट्राभल एड्भाइजरीमा उल्लेखित नेपालको स्वास्थ्यसम्बन्धि विवरणले नेपाल भ्रमण वर्षलाई समेत असर गर्नसक्ने देखिएको छ ।

अष्ट्रेलियाले जारी गरेको एडभाइजरीमा राजनीतिक, समाजिक र स्वास्थ्य सुरक्षालाई आधार बनाइएको छ ।

के छ एडभाइजरीमा ?

स्वास्थ्य
– काठमाडौंसहितका केही सहरमा उच्च खालको माफैसमी हुस्सु र प्रदुषण भइराख्छ । श्वास प्रश्वासमा कुनै कठिनाइ हुने बित्तिकै मेडिकल सूझाव लिनू ।
– एल्टिटियूड सिकनेस’को सम्भावना उच्च हुन्म्छ। यात्रा बीमा सूनिश्चित गर्नू ।
– तराई, पहाडी जिल्ला र चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा मलेरियाको जोखिम छ ।
– एचआइभी एड्स, रेबिज जस्ता रोगहरुको संक्रमणको जोखिम पनि छ ।
– काठमाडौं बाहिर स्वास्थ्य सेवा सिमित छ । राम्रो सेवा हुने काठमाडौंका क्लिनिक पनि महंगा छन् ।

सुरक्षा
– काठमाडौंसहित नेपालभर सानो स्तरका विष्फोटक आक्रमण भइरहन्छन् । राजनीतिक तनावका बेला यस्ता विस्फोटन धेरै हुन्छन् । राजनीतिक अशान्ती भएका बेला सरकारी भवनको भ्रमण नगर्नू ।
– कुनै बेला राजनीतिक प्रदर्शन र बन्दहडाताल हुन्छ । यसले आवश्यक सेवामा अवरोध हुन सक्छ ।
– पाकेटमारी र सनातिना चोरी समान्य जस्तै हुन्छ । महिलाले एक्लै यात्रा नगर्नू ।
– यात्री सशस्त्र समूहको लुटपाट र दूराचारर पीडित भएका छन् जुन यौन दूराचारसम्म पनि हो ।
– भूकम्प, बाढी र पहिरो जस्ता प्रकोप नेपालले भोगि रहन्छ। मुख्य आपतकालका लागि सधै तयार हुनू ।