तरहरा जेसीजको अध्यक्षमा सुनिल तिम्सिना

Newslaya Home

तरहरा जेसीजको अध्यक्षमा सुनिल तिम्सिना

आइतबार २७, पुष २०७६

इटहरी । तरहरा जेसीजको २२ औँ पदस्थापन शनिबार तरहरामा सम्पन्न भएको छ । तरहरा जेसीज बर्ष २०२० का लागि सुनिल तिम्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति बनाइएको छ ।

अध्यक्षमा तिम्सिना निर्वाचित भएसँगै कार्यकारी उपाध्यक्षमा सन्तोष कटुवाल र बहादुर तामाङ निर्वाचित भएका छन् । त्यस्तै, उपाध्यक्षहरुमा विवेक विवश रेग्मी, ओम खड्का, निशाल खुलाल र प्रेम चौधरी रहेका छन् । सचिवमा उत्तम गिरी निर्वाचित भएका छन् भने जनसम्पर्क अधिकारीमा रमेश बिक निर्वाचत भए ।

प्रदेश १ का संसदीय दलका नेता राजीब कोईरालाको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा विभिन्न पदमा मनोनित समेत गरिएको थियो । महासचिवमा उमेश राई, कानुनी सल्लाहकारमा सुमन दाहाल र कोषाध्यक्षमा रीता भुषाल मनोनित भएका छन् ।

पहिलो सत्रको कार्यक्रममा बर्ष २०१९ का अध्यक्ष विकास गिरीको सभाध्यक्षमा सम्पन्न भएको थियो ।