ओमानमा पाँच दशक निरङ्कुश शासन गरेका सुल्तान कबूसको मृत्यु

Newslaya Home

ओमानमा पाँच दशक निरङ्कुश शासन गरेका सुल्तान कबूसको मृत्यु

आइतबार २७, पुष २०७६

बिबिसि । अरब राष्ट्रमा सबैभन्दा लामो समय शासन गर्ने कीर्तिमान बनाएका ओमानका सुल्तान काबूस बिन सइद अल सइदको ७९ वर्षको उमेरमा मृत्यु भएको छ ।

सन् १९७० मा उनले ब्रिटिश सहयोगमा रक्तपातहीन विद्रोह गरी आफ्ना पितालाई राजगद्दीबाट हटाएका थिए । त्यसपछि ओमान खनिज तेलको प्रयोग गरी विकासपथमा लम्कियो ।

निरङ्कुश भए पनि उनलाई ओमानमा लोकप्रिय शासक मानिन्थ्यो ।

शुक्रबार निधन भएको भए पनि उनको मृत्युको कारण खुलाइएको छैन । उनको अन्तिम संस्कारको प्रक्रिया सुरु भएको छ ।