मोदी र बनर्जीबीच अनौठो भेटवार्ता

Newslaya Home

मोदी र बनर्जीबीच अनौठो भेटवार्ता

शनिबार २६, पुष २०७६

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीको अनौठो भेटवार्ता भएको छ ।

शनिबार कलकत्तास्थित राजधवनमा भएको भेटवार्तामा बनर्जीले अचानक नागरिकता संशोधन कानुनको चिच्याउँदै विरोध जनाएकी हुन् ।

नागरिकता कानुनबारे छलफल गर्न तय भएको भेटमा बनर्जी र मोदीको जम्मा १३ मिनेट वार्ता भएको थियो । अघिल्लो दिन नै भेट तय भएपनि बनर्जीले विपक्षी कांग्रेसको कारण देखाउँदै स्थगित गरेकी थिइन् ।