बालबालिकासम्बन्धी ऐन ल्याइने मन्त्री गुरुङको घोषणा

Newslaya Home

बालबालिकासम्बन्धी ऐन ल्याइने मन्त्री गुरुङको घोषणा

शनिबार २६, पुष २०७६

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बालबालिकासम्बन्धी ऐन ल्याइने घोषणा गरेका छन् ।

शनिबार काठमाडौं स्थित शांकरी विद्यालयद्वारा आयोजित कार्यक्रमको सम्बोधन गर्दै मन्त्री गुरुङले बालबालिकालाई सडकमा जानै नदिने गरी ऐन ल्याउन संशोधनको कामलाई अगाडि बढाइएको जानकारी दिए ।

सरकारले सडकमा बालबालिका आउन नदिने गरी अभियान नै सञ्चालन गर्ने तयारी गरिरहेको बताउँदै उनले निजी क्षेत्रले गुणस्तरीय शिक्षाका लागि गरेको लगानी उल्लेखनीय रहेको बताए ।