झापाका पेट्रोल पम्पबाट भारतीय सवारीलाई एक सय लिटर मात्र तेल दिइने

Newslaya Home

झापाका पेट्रोल पम्पबाट भारतीय सवारीलाई एक सय लिटर मात्र तेल दिइने

शनिबार २६, पुष २०७६

विर्तामोड । भारतबाट नेपालमा सामान अनलोड गरेर फिर्ता हुने मालबाहक सवारी साधनलाई एक सय लिटर मात्र तेल दिइने भएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले सरोकारवाला सबैलाई जिल्ला प्रशासन कार्यालयमा बोलाएर भारतीय मालबाहक सवारी साधनलाई एक सय लिटर मात्र तेल दिइने निर्णय गरिएको हो ।

भारतीय सवारी साधनले इन्धन फुल ट्याङ्क भर्दा नेपालमा इन्धनको हाहाकार हुने गरेको र नेपालका लागि ल्याइएको इन्धन पुनः भारतीय सवारी साधनले उतै लैजाँदा नेपाललाई घाटा हुने भएकाले सय लिटरभन्दा बढी इन्धन भर्न नदिने व्यवस्था मिलाइएको झापाका प्रमुख जिल्ला अधिकारी रानाले बताए ।

नेपालमा भारतमा भन्दा कम मूल्यमा पेट्रोलियम पदार्थ पाइएपछि भारतीय मालवाहक सवारी साधनहरु भारततिर जाने गरेका थिए । हाल भारत र नेपालमा डिजेलको मूल्यको अन्तर प्रतिलिटर १६ देखि १७ रुपैयाँ रहेको छ ।