भद्रपुरमा पनि १० रुपैयाँमा खाना

Newslaya Home

भद्रपुरमा पनि १० रुपैयाँमा खाना

शनिबार २६, पुष २०७६

भद्रपुर । झापाको भद्रपुर ५ स्थित १० रुपैयाँमै शुद्ध शाकाहारी खानाको व्यवस्था मिलाइने भएको छ ।

स्थानीय व्यवसायी तथा समाजसेवी सुवोध कोठारीको पहलमा उक्त सेवा प्रेरणा ट्रेडर्स अगाडी हप्तामा बुधबार र शनिबार गरि दुई दिन उपलब्ध गराइने भएको हो ।

आज (शनिबार) एक कार्यक्रमको आयोजना गरि बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म खुवाइने खानाको उद्घाटन गरिएको छ ।
स्थानीय उद्योगी व्यवसायीले यस अभियानमा सहयोग गर्छु भनेपछि सञ्चालन गरिएको पहिलो दिन एक सय बढीले १० रुपैयाँ तिरेर खाना खाएको व्यवसायी काठोरीले जानकारी दिए ।

स्थानीय व्यवसायी दिलीप वंशल, नन्दु सरावगी, ब्रह्मदेव अग्रवाल, विनय गोयल, मनोज श्रेष्ठ साथै शिवु गुप्तालगायतको सहयोगमा अभियान सञ्चालन गरिएको जनाइएको छ।