बराहक्षेत्रका प्रवक्ताले दिए राजिनामा, मेयर जग्गा दलालसँग मिलेको आरोप

Newslaya Home

बराहक्षेत्रका प्रवक्ताले दिए राजिनामा, मेयर जग्गा दलालसँग मिलेको आरोप

शनिबार २६, पुष २०७६

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिकाका प्रवक्ताले राजिनामा दिएका छन् ।

वडा नं ३ को केन्द्र (वडा कार्यालय) को स्थानबारे मेयर र वडा कार्यालयबीच तीब्र विवाद सृजना भएपछि सोही वडाको अध्यक्ष तथा नगरका प्रवक्ता रुद्रबहादुर दाहालले राजिनामा दिएका हुन् ।
दाहालले गत पुष १६ गते मेयर निलम खनाललाई समक्ष बुझाइएको राजिनामा पत्र आज शनिबार सार्वजनिक गरिएको हो ।

मेयर खनालले जग्गा व्यापारीहरुसँग मिलेमतो गरेको गम्भीर आरोप लगाउँदै प्रवक्ताले दाहालले वडा कार्यालयलाई दिएको अधिकार कुण्ठित गर्न खोजे अध्यक्षबाट पनि राजिनामा दिने चेतावनी दिएका छन् ।

वडा कार्यलयले केन्द्र तोकेर सम्पुर्ण प्रक्रिया पुरा गरेर नगर सभाबाट बजेटसमेत विनियोजन गरि भवन निर्माणका लागि ठेक्का आह्वानको सुचना प्रकाशित गरिसकेको अवस्थामा अहिले जग्गा प्लटिङ गर्ने व्यापारीहरुसँग मिलेर मेयरले वडा कार्यालय अन्तै बनाउनुपर्छ भनेर लागिपरेको वडा अध्यक्ष दाहालले बताए ।

ss - Copy

प्लटिङ गरेको ठाउँमा ६ कट्टा जग्गा दिने विषयमा मेयर खनालले सम्झौता गरिसकेको कुरा आएपछि दाहालले प्रवक्ताबाट राजिनामा दिएको बताइएको छ । गएको बैशाख २७ गते वडा समितिको बैठकले वडा कार्यालय नडाहा चोकमा बनाउने निर्णय गरेर नगरसभाबाट बजेट पनि विनियोजन भइसकेको छ ।