कृष्णदास पीठका सदस्य प्रल्हाद भट्टराईले राजिनामा दिए

Newslaya Home

कृष्णदास पीठका सदस्य प्रल्हाद भट्टराईले राजिनामा दिए

शनिबार २६, पुष २०७६

बराहक्षेत्र । सुनसरीको चतरास्थित रहेका कृष्ण बहादुर गिरी माथि अनुयायी बलात्कारको आरोप लागेपछि आश्रमका सदस्यहरुले एकपछि अर्को गर्दै राजिनामा दिन थालेका छन् ।

कृष्णदासको आश्रम रामानन्दाचार्य सेवा पीठका महासचिव भेषराज घिमिरले पत्रकार सम्मेलन गरेर राजिनामा दिएको साता नबित्दै सदस्य प्रहलाद भट्टराईले समेत राजीनामा दिएका हुन् ।

आफु आदर्श माध्यमिक विद्यालयको प्राचार्यको पदमा तथा अन्य धेरै संस्थामा आबद्ध भएकोले कार्य व्यस्तताले गर्दा समय दिन कठिनाई भएको भन्दै भट्टराईले रामानन्दाचार्य सेवा पीठका अध्यक्ष गणेश बिरही सुब्बा समक्ष बिहिबार राजीनामा दिएका हुन् ।

पीठका सचिव युवराज भट्टराईले पनि केही समय अघिमात्र समाजिक सञ्जाल फेसबुक मार्फत् राजीनामा दिएका थिए ।