छैटौं सगरमाथा कराते प्रतियोगिता भोलिदेखि हुने

Newslaya Home

छैटौं सगरमाथा कराते प्रतियोगिता भोलिदेखि हुने

शनिबार २६, पुष २०७६

काठमाडौं । नक्साल नारायणचौर स्थित स्टार भेन्यु पार्टी प्यालेशमा छैटौं सगरमाथा अन्तराष्ट्रिय प्रतियोगिता भोलि (पुस २७) देखि सुरु हुने भएको छ ।

नेपाल सितोरियो कराते संघ, शाखा डोजो नक्सालको २१ औ बार्षिक उत्सवको अवसरमा आयोजित दुई दिने प्रतियोगिताको उद्घाटन पूर्व बाणिज्य तथा आपुर्ति मन्त्री गणेशमान पुनले एक बिशेष कार्यक्रम बिच गर्ने भएका हुन् ।


नेपाल सहित भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाको सहभागीता रहेको प्रतियोगितामा पुरुष तर्फ २२ र महिला तर्फ १९ ईभेन्टस् गरी कुल ४१ स्वर्णका निम्ति प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक एवम् नक्सालका अध्यक्ष गजेन्द्र बहादुर खपाङ्गी ‘ईश्वर’ ले जानकारी दिए ।