पोखरामा जिप दुर्घटना हुँदा १७ वर्षीय युवाको मृत्यु

Newslaya Home

पोखरामा जिप दुर्घटना हुँदा १७ वर्षीय युवाको मृत्यु

शनिबार २६, पुष २०७६

कास्की । पोखरा महानगरपालिका–१३ आर्वास्थित जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शनिबार आर्वाको उपल्लो गाउँबाट काहुँखोलातर्फ आउँदै गरेको ग२च ९८५ नंको जिप अनियन्त्रित भई अचानक पल्टिएर स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका–१ दरौँ सिरुवारी घर भई पोखरा– १४ चाउथे बस्दै आएका १७ वर्षीय मनबहादुर सुनारको मृत्यु भएको हो ।

घटना पश्चात उनलाई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिपमा सवार अन्य दुई जनाको अवस्था सामान्य रहेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ ।