खोटाङमा सप्ताहव्यापी महायज्ञ महोत्सव सुरु

Newslaya Home

खोटाङमा सप्ताहव्यापी महायज्ञ महोत्सव सुरु

–प्रमोद गेलाल
शनिबार २६, पुष २०७६

खोटाङ । खोटाङको जन्तेढुङ्गा–५ स्थित खोटेश्वर मक्कर महोत्सव तथा महायज्ञ सुरु भएको छ ।

भानुमति धार्मिक पर्यटन संरक्षण तथा प्रवर्दन समितिको आयोजनामा यही पौष २४ गते दखि सुरु भई माघ १ गते सम्म सप्ताहव्यापी रुपमा कार्यक्रम सञ्चालन गरिएको हो ।

छिमेकी गाउँपालिका खोटेहाङ र बाहृपोखरीको विशेष सहयोगमा सञ्चालित उक्त महोत्सवमा २४ देखि २६ सम्म धार्मिक कार्यक्रम र २६ गते देखि विभिन्न राष्ट्रिय कलाकारहरुको साथमा साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

अन्य विभिन्न व्यक्ति तथा संस्थाको समेत सहयोग रहेको सो महोत्सवले भानुमति उत्तरी बाहिनी गंगालाई एउटा धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विस्तार गर्नुका साथै व्यक्तिगत जग्गालाई संगठित बनाउने र मठ मन्दिर व्यवस्थित आर्यघाट समेत बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको समितिका संयोजक मोहन राईले जानकारी दिए ।