एटीएम फोडिरहेको अवस्थामा एक जना पक्राउ

Newslaya Home

एटीएम फोडिरहेको अवस्थामा एक जना पक्राउ

शनिबार २६, पुष २०७६

काठमाडौं । काठमाडौं महानगरपालिका–२८ पुतलीसडकस्थित माच्छापुच्छ्रे बैंकको एटिएम मेसिन फोडिरहेको अवस्थामा एक जनालाई पक्राउ गरिएको छ ।

शनिबार बिहान एटिएमको माथिल्लो भागको स्क्रिन फोडिरहेको अवस्थामा जाजरकोट त्रिवेणी नगरपालिका–६ घर भएका २४ वर्षीय तिलक खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

खड्कालाई महानगरीय प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले पक्राउ गरि थप अनुसन्धान भइरहेको जनाइएको छ ।