सोलुखुम्बुमा रेलिङ भाचिएर खस्दा एक जनाको मृत्यु

Newslaya Home

सोलुखुम्बुमा रेलिङ भाचिएर खस्दा एक जनाको मृत्यु

शनिबार २६, पुष २०७६

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बुपासाङल्हमु गाउँपालिका–४ स्थित काठको रेलिङ भाचिएर तल झर्दा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो सनासा र फोर्त्सेको बाटोमा राखेको रेलिङ भाँचिएर लड्दा सोही गाउँपालिका–४ फोर्त्से ठागा घर भएका ४० वर्षीय पाल्देन शेर्पाको मृत्यु भएको हो ।

नाम्चे हाटबाट घर फर्कँदै गरेको शेर्पा बाटोको किनारामा रहेको उक्त रेलिङ समाउदै हिड्ने क्रममा रेलिङ भाचिएर करिब १०० मिटर तल खसे पश्चात खसेका थिए ।

घटना पश्चात तत्काल उनलाई उपचारको लागि खुन्दे अस्पताल खुम्जुङमा पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सोलिखुम्बुले जनाएको छ ।