बलिउड नायक शाहिद घाइते

Newslaya Home

बलिउड नायक शाहिद घाइते

शनिबार २६, पुष २०७६

काठमाण्डौ । बलिउड नायक शाहिद कपुर घाइते भएका छन् । शनिबार बिहान शाहिद आफ्नो आगामी फिल्म ‘जर्सी’को लागि एक दृश्यको सुटिङमा क्रिकेट खेल्दै गर्दा घाइते भएका हुन् ।

क्रिकेट खेल्दै गर्दा बलले उनको तल्लो ओंठमा लागेर घाउ भएको छ । डाक्टरको सल्लाह अनुसार घाउमा टाँका लगाइएको छ । तेलूगु हिट फिल्मको रिमेक फिल्म हो ‘जर्सी’ गोथाम तिन्नाउरीकै निर्देशनमा बनेको हो । यो फिल्म २८ अगस्टमा रिलिज हुनेछ ।