पाकिस्तानको मस्जिदमा विष्फोट, १४ जनाको मृत्यु

Newslaya Home

पाकिस्तानको मस्जिदमा विष्फोट, १४ जनाको मृत्यु

शनिबार २६, पुष २०७६

काठमाडौं । पाकिस्तानको क्वेटा शहरको एक मस्जिदमा विष्फोट हुँदा १४ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।

घटनामा क्वेटाका डीएसपी को समेत मृत्यु भएको छ । क्वेटाको सिभिल हस्पिटलका प्रवक्ताका अनुसार घाइतेहरुको अवस्था गम्भीर छ । पाकिस्तानी सेना प्रमुख कमर जावेद बाजवाले प्रहरी र प्रशासनको तर्फबाट हरसम्भव मद्दत गरिएको बताएका छन् ।