दशगजामा भारतले बनाउन थालेको स्वागतद्वारा निर्माण स्थगित

Newslaya Home

दशगजामा भारतले बनाउन थालेको स्वागतद्वारा निर्माण स्थगित

शनिबार २६, पुष २०७६

सिरहा । सिरहाको सीमावर्ती भगवानपुरमा भारतीय भन्सार कार्यलयले निर्माण थालेको स्वागतद्वार दशगजामै परेपछि काम स्थगित गरिएको छ ।

भारतीय सुरक्षाकर्मी एसएसबी, नेपालका सशस्त्र प्रहरी र संयुक्त सर्वे टोलीले तीन दिन लगाएर गरेको अध्ययनमा उक्त निर्माण कार्य दशगजाभित्रै परेको पाइएको छ । ‘मिड प्वाइन्ट’बाट दुवैतर्फ दशगजा ९ दशमलव १ खाली हुनुपर्ने हो तर निर्माण भइरहेको ठाउँ करिब ६ दशमलव १ भित्रै परेको छ ।

एक हप्ता अगाडिदेखि भारतीय भन्सार कार्यलयले स्वागतद्वार निर्माण गर्न थालेको थियो । स्थानीयले विरोध गरेपछि प्रशासनले चासो देखाएको थियो । त्यसपछि प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले नापी विभागका निर्देशकलाई जानकारी गराइ सर्वे टोली मगाइएको थियो ।