धनकुटामा स्काभेटर बोकेको टेलर पल्टिँदा एक जनाको मृत्यु

Newslaya Home

धनकुटामा स्काभेटर बोकेको टेलर पल्टिँदा एक जनाको मृत्यु

शनिबार २६, पुष २०७६

धनकुटा । धनकुटामा टेलर पल्टिँदा सह–चालकको मृत्यु भएको छ । चौबिसे गाउँपालिका–८ स्थित एसपीमोडमा शनिबार (आज) स्काभेटर बोकेर भेडेटारबाट राजारानी तर्फ जाँदै गरेको ना ७ ख ७९१७ नम्बरको टेलर पल्टिँदा सह–चालक ३० बर्षीय राजकुमार राईको मृत्यु भएको हो ।

मृतक राईको ठेगाना खुल्न वाँँकी रहेको प्रहरीले जनाएको छ । कच्ची सडकमा घुम्ती मोड्ने क्रममा अनियन्त्रित भई टेलर पल्टिँदा किचिएर राईको मृत्यु भएको धनकुटाका प्रहरीले जनाएको छ ।

टेलर पल्टिएर सडक ढाकेपछि भेडेटार–राजारानी सडक खण्डमा सवारी साधन एकतर्फी मात्र आवत–जावत भइरहेका छन् । घटनापछि संखुवासभाको धर्मदेवी नगरपालिका–९ का ३१ बर्षीय टेलर चालक बिन्दुराज महतलाई ईलाका प्रहरी कार्यालय राजारानीले नियन्त्रणमा लिएको छ ।