माथिल्लो कर्णाली जलविद्युत आयोजना क्षेत्रमा बम विष्फोट

Newslaya Home

माथिल्लो कर्णाली जलविद्युत आयोजना क्षेत्रमा बम विष्फोट

शनिबार २६, पुष २०७६

काठमाण्डौ । माथिल्लो कर्णाली जलविद्युत आयोजना क्षेत्रमा बम विष्फोट भएको छ । शुक्रबार राति अछाम जिल्लाको तुर्माखाद गाउँपालिका–३ खैरीटाकुरामा अज्ञात समूहले बम विष्फोट गराएको जनाइएको छ ।

बम विष्फोटपछि सो समूहले नाराबाजी गरेको हुँदा बम विष्फोट गराउने नेकपा माओवादी विप्लव नेतृत्वको समूह हुनसक्ने स्थानीयले आशंका गरेका छन् ।
विप्लव समूहका अछाम जिल्ला सेक्रेटरी भरत साउदले बम विष्फोटबारे स्वीकार गर्दै केही समयभित्र विज्ञप्ति सार्वजनिक गरिने जानकारी दिएका छन् ।

बंगलादेश सरकारले उत्पादित ५०० मेगावाट बिजुली २५ वर्षसम्म किन्ने प्रस्ताव अनुमोदन गरेसँगै आयोजनाको २०२० देखि काम अघि बढ्ने हुँदा स्थानीयबासी हर्षित भएका थिए ।

उत्पादित बिजुली बंगलादेश पावर डेभलपमेन्ट बोर्डले प्रतियुनिट ७.७ सेन्ट अर्थात झन्डै ८ रुपैयाँ ८० पैसामा किन्ने सहमति जनाएपछि आयोजना निर्माणको जिम्मा पाएको भारतीय जीएमआर कम्पनीलाई निर्माणका लागि बाटो खुलेको थियो ।