अमेरिकाको क्यासिनोमा एक जना नेपाली युवा मृत फेला

Newslaya Home

अमेरिकाको क्यासिनोमा एक जना नेपाली युवा मृत फेला

शनिबार २६, पुष २०७६

काठमाण्डौ । अमेरिकाको क्यासिनोमामा एक जना नेपाली युवाको मृत्यु भएको छ । शुक्रबार मेरिल्याण्डस्थित एमजीएम नेसनल हार्बर होटल तथा क्यासिनोमामा मेरिल्याण्डका नेपाली युवा गिताञ्जय ढकालको मृत्यु भएको हो ।

अन्दाजी ३० वर्षीय ढकालको मृत्युबारे मेरिल्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टीका प्रहरीले अनुसन्धान गरिहेको छ । ढकालको शव बाल्टिमोरमा राखिएको छ भने आफन्तको खोजतलास गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले परिवारका सदस्यलाई बाहेक अरुलाई कुनै सूचना दिन नमिल्ने भन्दै घटनाबारे केही बताएको छैन ।