महोत्तरीमा एक कर्मचारीबाट पाँच लाख लुटियो

Newslaya Home

महोत्तरीमा एक कर्मचारीबाट पाँच लाख लुटियो

शनिबार २६, पुष २०७६

महोत्तरी । महोत्तरीको भङ्गाहा नगरपालिका–६ मदनपट्टिमा एक कर्मचारीको साथबाट पाँच लाख लुटपाट भएको छ ।

शुक्रबार साँझ मोटरसाइकलमा पिछा गरेका दुई जनाले बर्दिवासस्थित फरवार्ड कम्युनिटी फाइनान्स कम्पनीमा कार्यरत सविता चौधरीलाई पेस्तोल देखाएर लुटपाट गरेका हुन् ।

भङ्गाहा–६ र ७ का ७० बचतकर्ता र ऋणीबाट सङ्कलित रकम लिएर बर्दिवासतर्फ स्कुटीमा फर्किरहेकी चौधरीको साथबाट पाँच लाख नगद र कागजातसहितको झोला खोसेर फरार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

चौधरीले को २८ प ६९ नम्बरको स्कुटर चढेको खुले पनि लुटेराले प्रयोग गरेका मोटरसाइकलबारे थाहा हुन नसकेकाले पीडितको भनाइका आधारमा घटनास्थलमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।