धरानको दानाबारीबाट प्याराग्लाइडिङ उडान सुरु

Newslaya Home

धरानको दानाबारीबाट प्याराग्लाइडिङ उडान सुरु

शनिबार २६, पुष २०७६

धरान । सुनसरीको धरान उपमहानगरपालिका स्थित दानावारीबाट प्याराग्लाइडिङ उडान सुरु गरिएको छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी नेपाली सेना प्याराग्लाइडिङ समूह र नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ प्रदेश १ ले संयुक्त रुपमा प्याराग्लाइडिङको नयाँ गन्तव्य पत्ता लगाइएको हो ।

नेपाली सेनासहितको प्याराग्लाइडिङ पाइलटहरुले दानावारीमा नयाँ गन्तव्य पहिचान गरी उडान सुरु गरिएको संघका अध्यक्ष भुपेन्द्र चाम्लिङ राईले बताए ।

१ हजार २ सय ३० मिटर अग्लो स्थानमा रहेको दानावारीबाट प्याराग्लाइडिङ उडान भर्न अत्यन्तै सहज र सरल भएकाले उडानका लागी धरान उपमहानगरपालिका वडा नम्बर ४ ले एक विगाहा जग्गा निःशुल्क उपलब्ध गराएको जनाइएको छ ।