नेपालमा दैनिक ५० टन प्याज आयात, मूल्यमा आधा कम

Newslaya Home

नेपालमा दैनिक ५० टन प्याज आयात, मूल्यमा आधा कम

शनिबार २६, पुष २०७६

काठमाडौं । भारतबाट नेपालतर्फ प्याज निर्यात हुन थालेपछि अप्रत्याशित रूपमा मूल्य घट्न थालेको छ ।

वीरगन्ज र काँकडभिट्टाका सीमावर्ती बजारमा सरदर प्रतिकलिो १ सय रुपैयाँमा किनबेच हुन थोसँगै मुलुकभर प्याजको मूल्यमा भारी गिरावट आएको हो ।

बिहीबार काठमाडौंस्थित कालीमाटी तरकारी बजारमा किलोको १ सय ३० रुपैयाँ रहेको थियो भने एकसाता अघि भारतीय प्याजको मूल्य १ सय ९५ रहेको कालीमाटीका प्याजका थोक बिक्रेता प्रकाश गजुलरेलले बताए ।

भारतमै प्याजको मूल्य घट्न थालेका कारण नेपालमा दैनिक ५० टन आयात भइरहेको जनाइएको छ । अहिलेकै दरमा किसानको उत्पादन बजारमा ल्याइए एक महिनाभित्रै प्याजको खुद्रा मूल्य ३० भारुसम्म झर्न सक्ने भारतीय विश्लेषकहरुले अनुमान गरेका छन् ।