नेपालका ३१ कारागारमा विदेशी नागरिक, सबैभन्दा बढी भारतीय

Newslaya Home

नेपालका ३१ कारागारमा विदेशी नागरिक, सबैभन्दा बढी भारतीय

शनिबार २६, पुष २०७६

काठमाडौं । नेपालका ७४ वटा कारागार मध्ये ३१ वटा कारागारमा विदेशी नागरिक राखिएको छ ।

कूल कैदीबन्दीको संख्या २५ हजार ६ सय ७६ रहेको कारगारमा एक हजार दुई सय ८३ जना विदेशी नागरिक छन् । कूल विदेशी कैदीबन्दीमध्ये एक हजार ४७ जना भारतीय नागरिक रहेको प्रहरी मुख्यालयले जनाएको छ ।

अधिकांश कैदीहरु लागूऔषध ओसारपसार तथा बिक्रीवितरण कारोबारमा संलग्न रहेको जनाइएको छ ।
भारतीयसँगै नेपाली कारागारमा भुटान, बंगलादेश, चीन, रोमानिया, जर्मन, पाकिस्तान, इटाली, अफ्रिका, नेदरल्याण्ड, नाइजेरिया, साइबेरिया, भियतनाम, जापान, अष्ट्रिया, फिलिपिन्स, मोजाम्बिक, अमेरिका, थाइल्याण्ड, पोल्याण्ड, ब्राजिल, क्यानडा, स्वीट्जरल्याण्ड, आइभोरीकोष्ट, तान्जेनिया, फ्रान्स, सेरालियोन, गिनिया, लाइबेरिया, गाम्बिया र इरानका छन् ।