लप्पन छप्पन २ को टिजर सार्वजनिक

Newslaya Home

लप्पन छप्पन २ को टिजर सार्वजनिक

शनिबार २६, पुष २०७६

काठमाडौं । नेपाली कथानक चलचित्र ‘लप्पन छप्पन २’ को टिजर सार्वजनिक भएको छ ।

वैशाख १२ मा रिलिज हुने सिनेमाले १ मिनेट २३ सेकेण्ड लामो टिजरमा जालझेल र बदलाको कथा हुने देखाएको छ ।

भिन्न अवतारमा देखिएका कलाकारहरुमा एक्सन ड्रामा श्रेणीमा राखिएको सिनेमामा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतको अभिनय छ।

मुकुन्द भट्ट निर्देशित ‘लप्पन छप्पन २’ बाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, श्रृजना सिना, रन्जीत ओन्तालगायतले अभिनयमा डेब्यु गरेका छन् । अमित शर्माको सहयोगमा सिनेमाको पटकथा र संवादमा निर्देशक भट्ट र सुनिल नेउरेले काम गरेका छन् ।

पुरुषोत्तम प्रधानले खिचेको सिनेमामा शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट (एमआर आरजे), दीपक आरजे र बुलेट फ्लोको संगीत छ ।
भिडियोः