धरानका पूर्व मेयर ध्यानबहादुरको उपचार ललितपुरमा गरिने

Newslaya Home

धरानका पूर्व मेयर ध्यानबहादुरको उपचार ललितपुरमा गरिने

शनिबार २६, पुष २०७६

काठमाडौं । दिल्लीको राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार गराइरहेका धरानका लोकप्रिय पूर्व मेयर ध्यानबहादुर राईको स्वास्थ्यमा सुधार नआएपछि नेपालमै उपचार गराइने भएको छ ।

दिल्लीबाट श्रीमती कोपिला, कान्छाभाइ युवराज, एक स्वास्थ्यकर्मी अनि दुई जना आफन्त भाइहरुसहितले उहाँलाई एम्बुलेन्समा नेपाल ल्याएका पूर्व मेयर राईको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ९एबतबल ब्अबमझथ या ज्भबतिज क्अष्भलअभक० ललितपुरमा डाक्टर अरुण शाहीको नेतृत्वको चिकित्सकहरुको टोलीले उपचार गर्ने भएका हुन् ।

चिकित्सकले हवाईजहाजबाट पठाउन नसक्ने जनाएपछि एम्बुलेन्सबाट ल्याइएको हो ।
स्कमस सेल क्यान्सर पीडित राईलाई आइसियुमा भर्ना गरेर उपचार गरिने सम्बन्धमा डा. शाहीले राजीव गान्धी क्यान्सर अस्पतालका रिपोर्टहरुको अध्ययन र त्यहाँका चिकित्सकहरुसंग छलफल गरेका छन् ।
स्वास्थ्य अवस्था स्थिर रहेको राईलाई उपचारको लागि एम्बुलेन्सबाट पाटन अस्पताल लगिएको जनाइएको छ ।