सहकारी महासंघको सञ्चालक समितिमा इटहरीबाट सुब्बा र डाँगी

Newslaya Home

सहकारी महासंघको सञ्चालक समितिमा इटहरीबाट सुब्बा र डाँगी

शनिबार २६, पुष २०७६

इटहरी। राष्ट्रिय सहकारी महासंघको २७ औं वार्षिक साधारणसभामा इटहरीबाट तीन जना सहकारी अभियन्ता सञ्चालक समितिमा निर्वाचित भएका छन् ।

२२ सदस्यीय सञ्चालक समितिमा इटहरीबाट अमृता सुब्बा र शिव डाँगी चयन भएका हुन् । सुब्बा इटहरीस्थित महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष हुन् भने डाँगी जिविका कृषि सहकारीका बोर्ड मेम्बर हुन् ।

यस्तै लेखा समितिमा पनि इटहरीकै सोम श्रेष्ठ चयन भएका छन् । तीन सदस्यीय समितिमा उनी चयन भएका हुन् ।

अध्यक्षमा मिनराज कंडेल र वरिष्ठ उपाध्यक्षमा ओमदेवी मल्लसहितको समिति बनेको छ । महासंघको लागि नेकपा र नेपाली कांग्रेस समर्थक सहकारीकर्मीहरुबीच सहमतीमै समिति बनेको हो ।

दुई पार्टीको भागवण्डा अनुसार नेकपा समर्थितले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र लेखा समितिको संयोजक तथा एक जना सदस्य सहित १७ जना सञ्चालक पाएका छन् भने नेपाली कांग्रेस समर्थकले उपाध्यक्ष, ५ सञ्चालक र एक लेखा समिति सदस्य पाएका छन् ।

सञ्चालक समिति

१. अध्यक्ष मिनराज कंडेल
२. वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल
३. उपाध्यक्ष डिल्लीराम तिवारी
४. सञ्चालक प्रदेश नं. १ गणेश ढकाल
५. सञ्चालक प्रदेश नं. २ रामबाबु यादव
६. सञ्चालक प्रदेश नं. ३ डि।बी। बस्नेत
७. सञ्चालक गण्डकी प्रदेश हुमाकुमारी जि.सी. (अञ्जु)
८. सञ्चालक प्रदेश नंं. ५ रामकृष्ण खाँड
९. कर्णाली प्रदेश टिका बुढाथोकी
१०. सुदुरपश्चिम प्रदेश तारा लामा तामाङ
११. सञ्चालक केन्द्रीय संघ/बैंकका तर्फबाट के.बी.उप्रेती
१२. सञ्चालक केन्द्रीय संघ/बैंकका तर्फबाट नारायण देवकोटा
१३. सञ्चालक केन्द्रीय संघ/बैंकका तर्फबाट सागर ढकाल
१४. सञ्चालक महिला अमृता सुब्बा
१५. सञ्चालक महिला पदमा गुरुङ
१६. सञ्चालक खुल्ला खेम बहादुर पाठक
१७. सञ्चालक खुल्ला भीम तामाङ
१८. सञ्चालक खुल्ला टेकप्रसाद चौलागाई
१९. सञ्चालक खुल्ला राजेन्द्र पौडेल
२०. सञ्चालक खुल्ला लक्ष्मण यादव
२१. सञ्चालक खुल्ला शिव डांगी
२२. सञ्चालक खुल्ला लक्ष्मी प्रसाद शर्मा

लेखा सुपरीवेक्षण समिति

१. संयोजक धर्मदत्त देवकोटा
२. सदस्य सोमबहादुर श्रेष्ठ
३. सदस्य बालकुमारी श्रेष्ठ