सूचना तथा प्रविधि विधेयकको बिरोधमा प्रदर्शन

Newslaya Home

सूचना तथा प्रविधि विधेयकको बिरोधमा प्रदर्शन

शनिबार २६, पुष २०७६

चितवन। चितवनको भरतपुर–३ पुल्चोकमा सूचना तथा प्रविधि विधेयकको बिरोधमा प्रदर्शन गरिएको छ ।

शुक्रबार केही सचेत नागरिकहरू मिलेर सूचना तथा प्रबिधि बिधेयक २०७५ को विरोधमा प्लेकार्ड सहित प्रदर्शन गरेका हुन् ।

बोल्न पाउने हकलाई समेत सरकारले खोसेर जहानीय राणा शासन भन्दा पनि चर्को शासन गर्न खोजेको भन्दै सांकेतिक रुपमा विरोधको कार्यक्रम आयोजना गरिएको कार्यक्रम सयोंजक राम कुमार श्रेष्ठले बताए ।

सूचना प्रविधि विधेयक खारेज गर्न माग गर्दै गरिएको प्रदर्शनीमा सुचना प्रविधि ऎन खारेज गर, स्वतन्त्रताको हकको सुनिश्चित गर, गोपनियताको हकको संरक्षण गर भनेर नारा समेत लगाइएको थियो ।
संविधानको मर्म विपरित नागरिक अधिकार कुण्ठित हुने गरि विधेयक अघि बढाइएकाले सरकारको आलोचना भइरहेको छ ।